काठमाडौं। नेपालले २०७८ साल सुरु भएपछिको पहिलो तीन महिनामा करिब साढे २५ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाख १ देखि असार मसान्तसम्मको अवधिमा कुल २५ अर्ब ४६ करोड ४६लाखको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको जनाएको हो। कुल अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामध्ये सातअर्ब ६१करोड ४६लाख अनुदान सहायता र १७अर्ब ८५करोड ऋण सहायता रहेको छ।