भारतको सर्वोच्च अदालतको आदेश– कोरोनाबाट मर्नेको परिवारलाई आर्थिक सहायता देउ

बीबीसी।भारतको सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन आदेश दिएको छ।अदालतले आर्थिक सहायताको रकम कति हुने भन्ने तोकेको छैन।आर्थिक सहायता एउटा परिवारलाई कति दिने भन्ने निर्णय सरकारले गर्नुपर्ने छ। तीन न्यायाधीसको बेन्चले उक्त आदेश दिएको हो।वकिल गौरव बन्सल र रीपक कन्सलले दिएको रिटमा प्रत्येक परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहायता माग गरिएको थियो।