वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका ८४८ म्यानपार व्यवसायीले नयाँ प्रावधानअनुसार ४ अर्ब३४ करोड नगद धरौटीसहित १२ अर्ब रुपैयाँभन्दा बढीको बैंक ग्यारेन्टी बुझाएका छन् ।
वैदेशिक रोजगार विभागले इजाजतपत्रवाला संस्थाको धरौटी वृद्धिको अन्तिम म्याद बुधबारसम्म तोकेकोमा एकल, मर्जरसहित ८४८ म्यानपावरले सो रकम बुझाए हुन ।वैदेशिक रोजगार ऐनमावार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थासँग धरौटी वापत २ करोड रुपैयाँ नगद र ४ करोड रुपैयाँको बैंक ग्यारेन्टी लिई इजाजत दिनुपर्ने उल्लेख छ । यसैगरी, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने लक्ष्य राखीइजाजत माग गर्ने संस्थासँग धरौटी वापत १ करोड रुपैयाँ नगद र ३ करोड रुपैयाँको बैंक ग्यारेन्टी तोकेको छ ।