मोरङ जिल्ला अदालतले वैवाहिक जबर्जस्ती करणी मुद्दामा आरोपित श्रीमानलाई ३ लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । नोबेल अस्पतालमा कार्यरत एक डाक्टरविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा मोरङ जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।आदेशमा ‘अनुसन्धानका क्रममा संकलित सवुद प्रमाणबाट यी प्रतिवादीलाई थुनामै राखी मुद्दाको