५० प्रतिशत धरौटी फिर्ताको विषयमा अर्थमन्त्रीको विधेयक नबोलेपछि निर्माण व्यवसायी अलमलमा

बैंक ग्यारेन्टी फिर्ता दिने यस अघिको सरकारको नीतिमा अर्थमन्त्री जनार्दन शर्मा स्पष्ट नबोलेपछि निर्माण व्यवसायीहरु तनावमा छन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले कोरोना भाइरसका कारण निर्माणजन्य काम ठप्प हुँदा व्यवसायीहरु समस्यामा परेको भन्दै बैंक ग्यारेन्टी स्वरुप उनीहरुले राखेको जम्मा रकमको ५० प्रतिशत फिर्ता गर्ने निर्णय गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले गरेको यो निर्णयको कार्यविधि नबन्दै जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गर्दै यसबारे केही नबोलेपछि निर्माण व्यवसायीहरु तनावमा परेका हुन् ।यद्यपी, निर्माण व्यवसायीहरुले १०० प्रतिशत नै धरौटी फर्ताको माग गरेका थिए । तर, ५० प्रतिशतका सम्बन्धमा पनि अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमा केही व्यवस्था गरेनन् ।कति छ बैंक ग्यारेन्टी वापत जम्मा भएको पैसा ?निर्माण व्यवसायीहरुले बैंक ग्यारेन्टी वापत जम्मा गरेको रकम कुल ३० अर्ब रुपैयाँको हाराहारीमा छ । यदि अघिल्लो सरकारले गरेको निर्णय अनुसार ५० प्रतिशत मात्रै फिर्ता पाउँदा पनि निर्माण व्यवसायीहरुले १५ अर्ब रुपैयाँ पाउँछन् । तर, प्रतिस्थापन विधेयक यस विषयमा मौन बसको छ । जसका कारण निर्माण व्यवसायीहरु अलमलमा परेका हुन् ।‘कोभिड–१९ का कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन, बजारमा नगद प्रवाह वृद्धि गर्न समेत शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्ने तथा यसो गरिएमा बैंकमा निष्क्रिय रहेको रकम बजारमा प्रवाह भई देशको अर्थतन्त्रको सुचाङ्कमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा यसबाट सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने भएको हुँदा यसमा स्पष्ट गरी उक्त धरौटी रकम चाँडोभन्दा चाँडो व्यवसायीहरूले पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिएकोमा प्रतिस्थापन बजेटमा ५० प्रतिशत वा शतप्रतिशत धरौटी फिर्ता विषयमा केही उल्लेख नभएकाले महासंघ अलमलमा परेको’ जनाईएको छ । 

सम्बन्धित सामग्री

म्याद थपको प्रक्रियाप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले एकमुष्ट म्याद नथपेको विषयमा निर्माण व्यवसायी असन्तुष्ट भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरेर सरकारले आयोजनाको प्रगतिका आधारमा म्याद थप गर्ने अधिकार आयोजना प्रमुखको तजबिजमा छाडेकोप्रति आक्रोश व्यक्त गरेका छन्।...

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । […]

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

मूल्यवृद्धिको मारमा निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले २३औं साधारणसभा, १२औं महाधिवेशन शुक्रबार (आज) बाट आयोजना हुँदैछ । नेपालमा झन्डै १७ हजारभन्दा बढी निर्माण व्यवसायी रहेका छन् । कोरोना प्रकोप र त्यसपछिको अवस्थाले निर्माण व्यवसायीहरू समस्यामा परेका थिए नै, साथै पछिल्लो समय अन्य देशको युद्धका कारण निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि हुँदा थप मारमा परेको जनाइएको छ । विद्यमान सार्वजनिक […]

मेरो काममा बुबाको कुनै हात छैन : निर्माण व्यवसायी पाण्डे

१८ माघ, दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डेले आफूविरुद्ध प्रहरीमा परेको ठगी उजुरीको घटनामा आफ्नो बुबाको नाम जोडेकामा असन्तुष्टि जनाएका छन् । निर्माण व्यवसायी पाण्डे विरुद्ध पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा एक करोड ४४ लाख रकम ठगी गरेको भन्दै उजुरी दिएको छ । सोसम्बन्धी अनलाइनखबरमा प्रकाशित समाचारमा आफ्नो बुबाको नाम जोड्नु गलत भएको निर्माण व्यवसायी […]

नौ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ । इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको […] The post नौ निर्माण व्यवसायी कालोसूचीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]