घरजग्गा र गाडी कर्जामासमेत नगद मार्जिन राख्नुपर्ने, ऋण लगानीलाई थप कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै घरजग्गा र गाडी कर्जामा समेत कडाइ गर्ने भएको छ । यसका लागि जोखिमको भार कम गर्न शत प्रतिशसम्मको धरौटी अर्थात नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ऋण लगानीमा कडा गर्ने गरी घरजग्गा, सवारी, शेयर धितो, आयातसहितको कर्जामा कडाइ गरेको राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताएका छन् । कुन बस्तु तथा सेवाको लागि कति नगद मार्जिन भन्ने विवरण भने केही दिनपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत जानकारी दिने भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट ...

सम्बन्धित सामग्री

आयातमा थप कडाइ

काठमाडौं । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने सामानहरूको संख्या बढाएको छ । पुस पहिलो साता निर्देशन जारी गर्दै राष्ट्र बैंकले विभिन्न सामानको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सो निर्देशनअनुसार हाल बियर, वाइनलगायत मदिराजन्य, सुर्तीजन्य पदार्थ, चाँदी, सुन, काठमा फर्निचर चिनी तथा मिठाइजन्य वस्तु, मिनरल वाटर, इनर्जी ड्रिंक, नेल पोलीस बडी लोसन फेस क्रिमलगायत शृंगारका सामान, टोपी, जुत्ता, छाता, निर्माणका मार्बल, टायल्सलगायत सामान आयात गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान छ । बुधवारको निर्देशनअनुसार अब ओखर, बदाम, केरा, चुरोट, केक, हाते ब्याग, घडी, सवारीसाधनका सीट र पेन्टिङ तथा ड्रइङका वस्तु आयात गर्नसमेत शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ । यसैगरी मोटरसाइकल तथा स्कूटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था रहेकोमा अब उनी धागो, तयारी कपडा, ज्याकेटलगायत तयारी पोशाक आयात गर्नसमेत ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । नगद मार्जिन राख्न बैंकहरूले ऋण दिन पाउँदैनन् भने मार्जिन रकममा बैंकहरूले ब्याज दिन नपाउने व्यवस्था छ । घट्दो रेमिट्यान्स र उच्च आयातले गर्दा देशको वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै विलासिताका सामान आयातमा निरुत्साहित गर्ने घोषणा गरेको थियो ।

यसरी समाधान गर्न सकिन्छ तरलता समस्या : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता समस्या समाधानका लागि आयातमा थप कडाई गर्नुपर्नेलगायतका सुझाव दिएकाे छ । परिसंघले सार्वजनिक गरेकाे तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदनमा आयातमा थप कडाइ गरि सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा शत् प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने जनाएको...