विशेष अदालतमा धरौटी संकलनको किस्सा– ठूलो रकम बुझ्नुपर्दा छुट्छ कर्मचारीको पसिना !

विशेष अदालतमा जब ठूल्ठूला मुद्दामा थुनछेक बहस चल्छ, तब कर्मचारीहरूमा एक किसिमको तनाव शुरू हुन्छ- कतै धरौटीको ठूलो रकम नगदमा बुझ्नुपर्ने त होइन ? खास तनाव पैसा बुझ्नलाई होइन, पैसा गन्ने कुरामा हुँदो रहेछ । एक करोड रूपैयाँ नगद धरौटी बुझ्नुपर्‍यो भने ५/६ जना खटिँदा पनि पैसा गन्न ४/५ घण्टा लाग्ने कर्मचारीहरूले बताए । बुधवार कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको मुद्दामा थुनछेक बहस चलिरहँदा विशेष अदालतको आर्थिक प्रशासन फाँटका कर्मचारीहरूमा तनाव प्रस्टै देख्न सकिन्थ्यो । गच्छदार...