एजेन्सी। कोरोनाको नयाँ लहर भारतको भन्दा ब्राजिलको खतरनाक रहेको चिकित्सकहरुले बताएका छन्। कोरोना भाइरस फैलने तीव्रता र मृत्युदरलाई दृष्टिगत गर्दै चिकित्सकले यस्तो मूल्यांकन गरेका हुन्। ब्राजिलमा महिना दिनमा लाखभन्दा बढीको मृत्यु भइसकेको छ। ब्राजिलमा भ्याक्सिन लगाउने क्रम पनि निकै सुस्त छ। त्यहाँ अहिलेसम्म केवल ६ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन्। त्यहाँ छिट्टै कोरोनाको तेस्रो लहर आउने चिकित्सकहरुको आशंका छ।