पछिल्लो समय विराटनगर दोस्रो लहरको कारोना सङ्क्रमणको हटस्पट बन्दै गएको छ । विराटनगरमा मात्रै कोराना सङ्क्रमित हुनेको सङ्ख्या २ हजार नाघेको छ । सङ्क्रमितको सङ्ख्या पछिल्ला केही दिन यता दैनिक दुई सयको हाराहारीमा थपिने क्रम बढिरहेको छ । जसका कारण विराटनगर कारोना सङ्क्रमणको हटस्पट बन्ने देखिएको हो ।विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले बिहीबारसम्म विराटनगरमा २ हजार १ सय ८४ जना कोराना सङ्क्रमित रहेको बताए । अहिले दैनिकजसो विराटनगरमा २ सयभन्दा बढी सङ्क्रमित भेटिन थालेका छन् । बिहीबार पनि विरा