काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा.लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ।उक्त रकम शुक्रबार पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्त्रण गरियो। अष्ट्राटेक प्रा.लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम अष्ट्राटेक प्रा.लि.का नेपालस्थित प्रतिनिधि शैलेश शाँखीले