कोराना सङ्क्रमण बढाउन सरकार आफै जिम्मेवार : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले देशभर कोरोना सङ्क्रमण बढाउने कार्यमा सरकार जिम्मेवार रहेको बताएको छ। “पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्त्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने, शिलान्यास र उद्घाटनको नाममा प्रधानमन्त्री आफै भीड जम्मा गर्न उद्यत् रहेको कारण कोराना सङ्क्रमण बढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। अर्थतन्त्रमा पुगेको असरलाई सरकारले नजरअन्दाज गरेको आरोप कांग्रेसको छ।