कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण तनहुँका एक मौरी पालक कृषक बन्न सफल बन्नुभएको छ । साढे दुई आना जग्गामा बनेको घरको छत, वरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर व्यास नगरपालिका–१ गल्वुवेशीका रामनाथ मिश्रले लोभलाग्दो कमाई गरिरहनु भएको छ । मह र मौरी विक्री गरेर कृषक मिश्र लखपति बन्नुभएको छ ।