अनि बाटो मोडियो मोहनराजको

काठमाडौँ । ‘अहिले १५० घार मौरी छन्, ४/५ सय घार बेचिसकेँ, वार्षिक ७/८ लाख कमाउँछु, यो पेसादेखि सन्तुष्ट छु ।’मौरी पालन व्यवसायबाट हुने आम्दानीबारे सुनाउँदै गर्दा मोहनराज खनाल आफ्नो व्यवसायप्रति गर्वानुभूतिको भावमा देखिन्थे । यो व्यवसायमा धेरै लगानी नपर्ने र आम्दानी पनि राम्रो हुने भएकोले आफू सन्तुष्ट रहेको उनको भनाई थियो । अन्य व्यवसायको जस्तो तनाव नहुने सङ्केत गर्न होला सायद, उनी भन्दै थिए– यो कमाई पनि मह खादै हुने कमाई हो नि !मोहनराज मौरी पालन पालन व्यवसायबाट अहिले जसरी खुसी द