व्यावसायिक मौरीपालनबाट  वर्षमै ५० लाख बढी कमाउने  योजना

खोटाङ : जिल्लाका तीन युवाले मौरीपालनमा संभावना देखेर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन्। जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरीपालन सुरु गरेका हुन्।ऐँसेलुखर्क कृषि समूह मौरी ब्लक नामक कृषि फर्म दर्ता गरेर मौरी पालन सुरु गरेका तीन जनाको समुहसँग अहिले १० घार मौरी रहेका छन्। खरित गरेर ६० घार लगाए पनि सुरुवाती दिनमा प्राविधिक ज्ञानको कमीले ३० घार मौरी उडेर गएको र २० घार मोरी लगातारको वर्षाले मरेको कारण