जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।...
गाेरखा – अरिङ्गालले मानिस र अन्य घरपालुवा जनावरलाई चिलेर बिरामी बनाएको र कतिपय अवस्थामा मान्छेको ज्यानैसमेत गएको हामीले देख्दै/सुन्दै आएका छौँ । मौरी तथा अरिङ्गालका खिलमा मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ । मेलिटिन विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । निकै आक्रामक, समूहमा बस्ने र कसैले हमला गरेको भेउ पाएमा सामूहिकरूपमै चिलेर प्रतिकार गर्ने स्वभावको अरिङ्गालको बथानलाई घर छे...
असोज १२, चितवन । पश्चिम चितवनमा विस्तारित व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढ्दै गएको छ ।
यहाँ ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको प्रशस्त सम्भावना बढ्दै गएको हो ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर २४, जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भइरहेको छ ।
सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र समेत बनेको छ ।
फार्मको ग्रीन हाउस, थोपा सिँचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानसहित ६२ बिघा जग्गामा लगाइएको तरकारी खेतीले अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नु पर्नेमा उनले जोड दिए ।
पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको बताए । ९६ जना स्थानीय किसानहरु उक्त फार्ममा आबद्ध छन् ।
यस्तै, भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ मेजर ताइबहादुर गुरूङको फार्ममा अहिले ड्रागन फ्रुट फुल्न शुरु गरेका छन् ।
दुई दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा ड्रागन र नर्सरीको खेती गरिरहेका हुन् । जसका कारण बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित बन्दै गइरहेको छ यो फार्म ।
२०६० सालदेखि पश्चिम चितवनको भरतपुर–२५, शुक्रनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय गणेशप्रसाद भूषाल बहुवर्षीय फलफूल खेतीअन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।
भरतपुर–२५, अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि नोबेल एग्रिकल्चर फार्मको नाममा दर्ता गरेर व्यावसायिक तरकारी खेती शुरु गर्दै आएका छन् । उनको माछापालन पोखरी अहिले ३५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको छ ।
माछापालनमा राम्रो सम्भावना देखेर डेढ वर्षअगाडि वायोफ्लक्स प्रविधि अपनाएर माछापालन शुरु गरेको न्यौपानेले बताए । ४ ओटा पोखरीमा पानी भरेर
माछापालन गरेका उनको वायोफ्लक्स प्रविधि पर्यटकहरुका उत्कृष्ट गन्तव्य बन्दै गएको उनको भनाइ छ ।
भरतपुर– २५ अमृतनगर, जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारी खेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नयाँ पुस्ता कृषिकर्ममा अभ्यस्त भएका हुन् ।
यहाँका कृषकहरुले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । भरतपुर–२०, शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ ।
२०४२ देखि तात्कालिन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यही समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ ।
चितवन मौरीपालन व्यावसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ का भूपालनाथ कँडेलले २०५५ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाउँदै आएका छन् । कँडेलले मेलिसरा जातको मौरीबाट उत्पादित महको मागलाई घरबाटै आपुर्ति गर्दै आएको बताउँछन् ।
पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायतका क्षेत्र तरकारी खेतीको पकेट क्षेत्रका रुपमा परिचित छ ।
मौरी घार बेचेरै कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरका बाल कुँवरले मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँका अनुसार अघिल्लाे वर्ष ४९० घार बिक्री गरेरै उहाँले १७ लाख १५ हजार रुपियाँको कारोबार गर्नुभएको थियो ।
'यो वर्ष छ सय घारको माग आएको छ' कुवँरले भन्नुभयो, ‘एउटा घार तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको छ ।’ यो वर्ष सल्यानमा माहुरी ब्लक कार्यक्रमले चार सय घारको माग गरेको स्थानीय मौरीपालक किसानहरूले पनि माग गरेका छन् । जसबाट २१ लाख रुपियाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको छ ।
सल्यान : कालीमाटी गाउँपालिका-१, लक्ष्मीपुरका बाल कंवर दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेका छन्।
कंवरले मौरीघार बिक्री गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। गत वर्ष ४९० घार मौरी बिक्री...
२ माघ, गुल्मी । रोमनाथ अर्याल पेसाले शिक्षक हुन् । तर, रेसुंगा-१० सिमीचौरका उनी अहिले मौरीपालक किसानका रुपमा ज्यादा चिनिन्छन् ।
२०६३ सालमा ५५ सय रुपैयाँबाट उनले मौरी पालन थालेका थिए । अहिले ४५ वटा घारका मालिक हुन्, अर्याल । र, यसबाट मनग्य आम्दानी गर्ने कृषकका रुपमा चिनिन्छन् ।
अध्यापनबाट बाँकी बसेको …