काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले गाडीको लामो लाइन छ ।
बिहान यो सडक खण्ड अन्तर्गतको पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित भएको हो ।
बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । एकतर्फी सडक खुलाएर गाडी पास गराइरहेको प्रहरीले जनाएको छ ।
पहिरो हटेपछि दुईतर्फी नै सडक खुल्ने छ । मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजाराैँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ&n...