काठमाण्डाै - नागढुङ्गा नौबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ । केहीबेर अघिदेखि सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण नागढुङ्गा नजिकै चिसापानीमा पहिरो खस्दा बिहान साढे ५ बजेदेखि यो सडक खण्ड बन्द भएको थियो ।
अहिले यो सडक खण्डमा चापमा गाडी चलिरहेका छन् । हिजो पनि पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड बन्द भएको थियो । दिउँसाे १ बजेदेखि बाटो खुलाएर गाडी चलाउन थालिएकोमा बिहान फेरि पहिरो गएको हो ।