नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् । बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।   बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ । 

सम्बन्धित सामग्री

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ । बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।