काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम छ । यो सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको हो।
बिहान केहीबेर दुईतर्फी नै ठप्प भएको सडक खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन् । बिग्रिएको ग्यासको बुलेट बनाएपछि एकतर्फी बाटो खुलेको हो । ढलान र झ्याप्ले खोलामा पनि गाडी बिग्रिएकाले दुईतर्फी सडक खुलाउन सकिएको छैन।
झ्याप्ले खोलामा टिपर र ढलानमा १० चक्के ठूलो गाडी बिग्रिएको प्रहरीले जनाएको छ । साँघुरो र घुम्ती सडक तर ठूलाठूला गाडी चल्ने भएकाले यो सडक खण्डमा हरेक ...