पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डकाे यात्रा कष्टकर बन्दै

काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ । यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सड...

सम्बन्धित सामग्री

पहिराेका कारण पर्वतका अधिकांश ग्रामीण सडक अवरुद्ध

पर्वत । ३ दिन देखि लगातार परेकाे वर्षाका कारण पर्वतका ग्रामीण सडकहरु अस्तब्यस्त भएका छन् । बडा दशैंको अघिल्लो दिनदेखि परेको अविरल वर्षाका कारण ग्रामीण सडकहरुमा गएकाे पहिरोका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या भएकाे हो । निरन्तर भइरहेको वर्षाले सडकहरुमा खसेका साना पहिरो तत्काल हटाउन नसक्दा ग्रामीण सडकहरुको यात्रा कष्टकर बनेको छ । विगत […]

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।