काठमाण्डौ - काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुङ्गा नौबिसे सडक खण्डमा लामो जाम छ।
यो सडक खण्ड अन्तरगत झ्याप्ले खोलामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक बिग्रिएकाले बिहानदेखि नै चाप परेको छ । सामान बोकेर काठमाण्डौका लागि छुटेको ट्रक बिहान बिग्रिएको हो ।
यो सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । यसले गर्दा जाम भएको छ । बिग्रिएको ट्रकमा सामान धेरै भएकाले हटाउन पनि समस्या भएको नागढुङ्गामा खटिएका प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
गाडी बनाउन समय लाग्ने भएकाले अझै केही घण्टा यो सडक खण्डमा चा...