काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा जाम

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि जाम छ । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले जाम भएको हो । प्रहरीका अनुसार बिग्रिएको गाडी क्रेनको सहायताले हटाउने प्रयास भइरहेको छ । तर, १२ चक्केको ठूलो गाडी भएकाले तान्न समस्या भएको छ । बिहानैदेखि यो सडक खण्डमा एकतर्फी मात्रै गाडी पास भइरहेका छन् । यो सडक खण्ड हुँदै सयौँको सङ्ख्यामा गाडी चल्ने भएकाले जाम बढ्दो छ । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । ठूला गाडी र गाडीको सङ्ख्या धेरै तर साँघुरो सडकका कारण हरेक दिनजसो यो सडक खण्डमा जाम ...

सम्बन्धित सामग्री

नागढुङ्गा-नौबिसे सडक खण्डमा लामो जाम

काठमाण्डौ - काठमाण्डौसँग जोडिएको मुख्य नाका नागढुङ्गा नौबिसे सडक खण्डमा लामो जाम छ। यो सडक खण्ड अन्तरगत झ्याप्ले खोलामा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक बिग्रिएकाले बिहानदेखि नै चाप परेको छ । सामान बोकेर काठमाण्डौका लागि छुटेको ट्रक बिहान बिग्रिएको हो । यो सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । यसले गर्दा जाम भएको छ । बिग्रिएको ट्रकमा सामान धेरै भएकाले हटाउन पनि समस्या भएको नागढुङ्गामा खटिएका प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनुभयो । गाडी बनाउन समय लाग्ने भएकाले अझै केही घण्टा यो सडक खण्डमा चा...

नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् । बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो ।   बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडीको चाप

काठमाण्डाै - काठमाण्डौका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडी चापमा चलेका छन् । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा गाडी बिग्रिएकाले बिहान साढे ५ बजेदेखि नै त्यहाँ एकतर्फी गाडी चलिरहेका छन् । रात्रि बस आउने समय भएकाले पनि चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । बिग्रिएको गाडीलाई हटाउने प्रयास भइरहेको र हटेपछि दुईतर्फी नै सडक खुलाउने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, प्रहरीका अनुसार अहिले मुग्लिन-नारायणगढ सडक खण्डमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् ।

नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम, गाडी एकतर्फी रुपमा चल्दै

काठमाण्डौ - काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि जाम छ । यो सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको हो। बिहान केहीबेर दुईतर्फी नै ठप्प भएको सडक खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन् । बिग्रिएको ग्यासको बुलेट बनाएपछि एकतर्फी बाटो खुलेको हो ।  ढलान र झ्याप्ले खोलामा पनि गाडी बिग्रिएकाले दुईतर्फी सडक खुलाउन सकिएको छैन। झ्याप्ले खोलामा टिपर र ढलानमा १० चक्के ठूलो गाडी बिग्रिएको प्रहरीले जनाएको छ । साँघुरो र घुम्ती सडक तर ठूलाठूला गाडी चल्ने भएकाले यो सडक खण्डमा हरेक ...

पिप्लामोडमा पहिरो, नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडीको लाम

काठमाण्डौ - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले गाडीको लामो लाइन छ । बिहान यो सडक खण्ड अन्तर्गतको पिप्लामोडमा पहिरो खसेपछि गाडीको आवागमन प्रभावित भएको हो । बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । एकतर्फी सडक खुलाएर गाडी पास गराइरहेको प्रहरीले जनाएको छ । पहिरो हटेपछि दुईतर्फी नै सडक खुल्ने छ । मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजाराैँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ&n...

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ । बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डकाे यात्रा कष्टकर बन्दै

काठमाण्डाै - ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ । बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ । यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सड...

नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

काठमाण्डाै - नागढुङ्गा नौबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ । केहीबेर अघिदेखि सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण नागढुङ्गा नजिकै चिसापानीमा पहिरो खस्दा बिहान साढे ५ बजेदेखि यो सडक खण्ड बन्द भएको थियो । अहिले यो सडक खण्डमा चापमा गाडी चलिरहेका छन् । हिजो पनि पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड बन्द भएको थियो । दिउँसाे १ बजेदेखि बाटो खुलाएर गाडी चलाउन थालिएकोमा बिहान फेरि पहिरो गएको हो ।

नागढुङ्गा–नौबिसे सडक खण्ड सञ्चालनमा

काठमाडौं। अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडक खण्ड सञ्चालनमा आएको छ ।त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडक खण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो ।

पहिरो खसेपछि नागढुङ्गा नौबिसे सडक अवरुद्ध

काठमाडाैँ – पहिरो खसेपछि नागढुङ्गा – नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। आइतबार बिहान ८ः ४० बजे चन्दागिरि नगरपालिका वडा नम्बर २ चिसापानी धारा नजिकै सडकमा पहिरो खसेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक त्रिभूवन थापाले जानकारी दिए। पहिराेले सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र भित्रिने सवारी साधनहरु रोकिएका छन्। अहिले […]