काठमाण्डाै - काठमाण्डौका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडी चापमा चलेका छन् ।
नागढुङ्गा नजिकै झ्याप्ले खोलामा गाडी बिग्रिएकाले बिहान साढे ५ बजेदेखि नै त्यहाँ एकतर्फी गाडी चलिरहेका छन् ।
रात्रि बस आउने समय भएकाले पनि चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिग्रिएको गाडीलाई हटाउने प्रयास भइरहेको र हटेपछि दुईतर्फी नै सडक खुलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीका अनुसार अहिले मुग्लिन-नारायणगढ सडक खण्डमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् ।