काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अहिले कोरोनाविरुद्धको खोप लगाइँदै छ । ‘बुस्टर डोज’ पनि दिइँदै छ ।
कतिपय खोप केन्द्रमा खोप लगाउनेहरूको भिड देखिन्छ । खोप लगाउन ठूलो संख्यामा नागरिक लामबद्ध देखिन्छन् । लामो समय लाइनमा बसे पनि पालो नआएको र खोप केन्द्र व्यवस्थित नभएको गुनासो पनि सुनिन थालेको छ...