काठमाण्डाै – सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप केन्द्रमा भिड बढ्न थालेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को हिजो आइतवार बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारलाई सिफारिस गरेपछि खोप लगाउनेको भिड बढेको हो ।
सीसीएमसीसीले गृह मन्त्रालयलाई खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज साेमवा...