काठमाडौं : अग्रपंक्तिमा खटिनेहरूलाई दिन थालिएको कोरोनाविरुद्धको बुस्टर डोज खोपका लागि उपत्यकाका अस्पतालहरूमा भिड बढेको छ। उपत्यकाका करिब २० स्थानमा खोप लगाइने भए पनि प्राय सबैतिर उत्तिक्कै भिडभाड रहेको पाइएको हो।सिभिल अस्पताल, प्रसूति गृह, नर्भिक अस्पताल लगायतका खोप केन्द्रहरूमा पालो पाइनसक्नु भिड देख्न सकिन्थ्यो। लामो लाइन र उच्च भिडभाडले कोही लाइनमा पालो कुरिरहेका देखिन्थे भने कोही पालो नआउने देखेर यत्तिक्कै फर्किरहेका थिए।यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर