काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढेसँगै खोप लगाउनेको भिड पनि बढ्न थालेको छ ।
खोप केन्द्रमा बढिरहेको भिडले त्यहीँबाट कोरोना भाइरस सर्ने जोखिम बढेको छ । सरकारले सार्वजनिकस्थलमा खोपकार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन भने गर्न सकेको छैन । खोप केन्द्र र अस्पतालमा जनस्वास्थ्यका मापदण्ड पालना भइरहेको छैन ।
धेरैजसो खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको लामो लाइन छ । भौतिक दूरी त परको कुरा, कतिपयले त लाइनमा बस्दा समेत मास्क लगाउने गरेका छैनन् । सरकारले सार्वजनिक ठाउँमा हिँडडुल गर्नका लागि पनि खोप कार्ड अन...