कुमारी इक्वीटी फण्डको नोक्सानी भदौमा बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड भदौ मसान्तसम्म २ करोड ९५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा वृद्धि भएको हो । साउन मसान्तसम्म योजना २ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र नोक्सानीमा थियो । साउनको तुलनामा योजनाको खर्च बढेको र जम्मा आम्दानीको ऋणात्मक अवस्थामा समेत वृद्धि भएकाले खुद नोक्सानी बढेको हो । साउनमा १ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक रहेकोमा भदौमा यो रकम २ करोड ६१ लाखभन्दा बढी ऋणात्मक देखिएको छ । त्यस्तै साउनमा १८ लाख ५३ हजार रुपैयाँ खर्च भएकोमा भदौमा ३३ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । योजनाको प्रतिइकाई खुद मूल्यमा समेत कमी आएको छ । साउन मसान्तसम्म १० रुपैयाँ ८१ पैसा रहेको प्रतिइकाई खुद मूल्य भदौ मसान्तसम्म ९ रुपैयाँ ७३ पैसा कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य कमिसनसहित १ अर्ब १२ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा लगानी गरेको योजनाको कुल लगानीको मूल्य ८९ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र छ । योजनाले गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कम रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

कुमारी सामूहिक लगानी कोषका तीनओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ४१ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ९९ पैसा पुगेको हो । कुमारी सुनौलो लगानी योजनाको न्याभ कात्तिक मसान्तमा १० रुपैयाँ ०७ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ६७ पैसा पुगेको हो । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ कात्तिक मसान्तमा ९ रुपैयाँ ९३ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ५२ पैसा पुगेको छ । यस फण्डको नोक्सानी घटेको छ । कात्तिक मसान्तमा फण्ड रू. ७ करोड २४ लाख नोक्सानीमा रहेकोमा मङ्सिर मसान्तमा घटेर रू. २ लाख ४७ हजार पुगेको हो । यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८३ करोड ९१ लाख लगानी गरेको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७३ करोड ६५ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. ६८ करोड ५९ लाख थियो । यस फण्ड मङ्सिर मसान्तसम्ममा रू. ३५ लाख ९५ हजार नोक्सानीमा छ ।  कुमारी सुनौलो लगानी योजनाले मङ्सिर मसान्तमा सूचीकृत शेयरमा रू. २७ करोड ४७ लाखभन्दा बढी लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. २५ करोड ४१ लाख थियो । मङ्सिर मसान्तमा यस फण्डले रू. ८ लाख ७९ हजार नाफा कमाएको छ ।  कुमारी इक्विटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी सुनौलो योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

चैत मसान्तसम्म कुमारी इक्वीटी फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्ड चैत मसान्तसम्म रू. ५४ लाख ४२ हजार नोक्सानीमा रहेको छ । फण्ड फागुन मसान्तसम्म पनि नोक्सानीमा थियो । फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी केही घटेको छ । फागुन मसान्तसम्म फण्ड रू. १ करोडभन्दा बढी नोक्सानीमा थियो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नोक्सानी घटेको हो ।   फागुन मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. २२ लाख ५९ हजार रहेकोमा चैत मसान्तसम्म बढेर रू. ८८ लाख २२ हजार पुगेको छ । त्यस्तै फण्डको न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव २३ रहेकोमा चैत मसान्तमा बढेर रू. १० दशमलव २८ पुगेको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ५८ करोड ४४ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ५८ करोड ४१ लाख थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी धनवृद्धि योजना र कुमार इक्वीटी फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुुस महीनामा बढेको छ । कुमारी इक्वीटीको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव २५ रहेकोमा पुस महीनामा बढेर रू. ११ दशमलव १० पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव १५ रहेकोमा पुस महीनामा बढेर रू. १० दशमलव ६८ पुगेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाको नाफा मङ्सिरको तुलनामा पुस महीनामा ४ दशमलव १५ गुणा वृद्धि भएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. २ करोड ६ लाख नाफा कमाएकोमा पुस मसान्तसम्म बढेर रू. ८ करोड ६० लाख पुगेको छ । पुस महीनामा यस फण्डको आम्दानी वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डले कुल रू. ३ करोड आम्दानी गरेकोमा पुस मसान्तसम्ममा बढेर रू. ९ करोड ७३ लाख पुगेको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि पुस मसान्तसम्ममा रू. ७ करोड ६७ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तसम्म यस फण्डले रू. ८६ लाख ३२ हजार नोक्सानी व्यहोरेको थियो । यस फण्डले पुस मसान्तसम्ममा रू. ८ करोड ६६ लाख आम्दानी गर्न सफल भएकोले नाफा सुधारिएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको आम्दानी रू. ६ लाख १३ हजार ऋणात्मक थियो ।  पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको छ । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डको नाफा÷नोक्सानलगायत न्याभमा असर परेको देखिन्छ ।