कुमारी सामूहिक लगानी कोषका तीनओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो योजनाले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ जेठ मसान्तको तुलनामा असार मसान्तमा बढेको छ ।  कुमारी इक्वीटी फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ०१ पैसा रहेकोमा असार मसान्तमा १० रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा पुगेको छ । यस फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा थियो ।  कुमारी सुनौलो योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ४३ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ६५ पैसा पुगेको छ । न्याभसँगै यस फण्डको नाफा पनि वृद्धि भएको छ । फण्डले जेठ मसान्तसम्ममा रू. १ करोड ५९ लाख नाफा कमाएकोमा असार मसान्तमा रू. २ करोड ३८ लाख पुगेको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तसम्ममा यस फण्डले सूचीकृत धितोपत्रमा रू. २८ करोडभन्दा बढी लगानी गरेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले असार मसान्तसम्ममा रू. १३ करोड ९८ लाख नाफा कमाएको छ । जेठ मसान्तमा योजनाको नाफा रू. १० करोड ६६ लाख थियो । यस फण्डले जेठ मसान्तमा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ८६ करोड २३ लाख पुर्‍याएको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि सूचीकृत शेयरमा लगानी बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ५८ करोड ४६ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ६८ करोड ३० लाख पुर्‍याएको हो । यस फण्डको नाफा जेठ मसान्तमा रू. ३ करोड २५ लाख ऋणात्मक रहेकोमा असार मसान्तमा रू. ३ करोड ८५ लाख धनात्मक भएको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा भएको हो ।  कुमारी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी सुनौलो योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी सामूहिक लगानी योजना अन्तर्गतका दुवै म्युचुअल फण्डले लाभांश दिने

२८ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन् । १५ साउन बिहीबार बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैंठकले दुवै सामूहिक लगानी योजनाको आर्थिक वर्ष २०७९/८० को कमाइबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत […]

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

कुमारी धनवृद्धि योजना बाँडफाँड, १ लाख ३९ हजारले पाए माग गरे बमोजिमकै इकाइ

कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्डको शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले यही जेठ १२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई शुक्रबार बाँडफाँड भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था बमोजिम अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको कुल निष्काशनको बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ प्रतिशत विजपुँजी वापतको १ करोड ८

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड

कुमारी इक्वीटी फण्डद्वारा प्रतिफल वितरण

भदौ ४, काठमाडौं । कुमाारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले ५ प्रतिशत प्रतिफल इकाईधनीहरुमा वितरण गरेको छ ।  योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ १ गतेदेखि जम्मा गरेको जानकारी दिएको हो ।  साथै, हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई प्रतिफल प्राप्त गर्न समेत यस योजनाले अनुरोध गरेको छ ।

कुमारी इक्वीटी फण्ड बाँडफाँड

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत ञ्ंचालन हुने कुमारी इक्वीटी फण्डको प्रतिइकाई १० रुपैयाँका दरको ८ करोड इकाईका लागि फागुन १४ देखि फागुन २८ सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानी कोष निर्देशिका अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार […]

कुमारी इक्विटी फण्डको म्याद थपियो, २८ गतेसम्म आवेदन दिन सकिने

कुमारी क्यापिटलले बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले १४ माघदेखि १८ फागुनसम्म आवेदन खुला गरेको थियो । तर, आज सार्वजनिक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेर २८ फागुनसम्म पुर्‍याएको हो