कुमारी म्युचुअल फण्डका तीनओटै फण्डको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले जेठको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ १ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै कुमारी सुनौलो लगानी योजनाको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ८३ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ४३ पैसा पुगेको छ ।  कुमारी धनवृद्धि योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा पुगेको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा थियो । यस फण्डको न्याभसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । फण्डले वैशाख मसान्तसम्ममा रू. ३ करोड ४ लाख नाफा कमाएकोमा जेठ मसान्तमा बढेर रू. १० करोड ६६ लाख पुगेको हो । जेठमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । वैशाख मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ९२ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. १२ करोड ७६ लाख पुगेको हो । त्यस्तै यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाखभन्दा बढी लगानी गरेको छ ।  त्यस्तै कुमारी सुनौलो लगानी योजना वैशाख मसान्तमा रू. ६२ लाख ३३ हजार नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. १ करोड ५९ लाख नाफा गर्न सफल भएको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तमा रू. १० करोड ७७ लाख थियो । यस आधारमा फण्डले वैशाखको तुलनामा जेठमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।  कुमारी इक्वीटी फण्डले जेठ मसान्तसम्ममा रू. ३ करोड ८५ लाख नाफा कमाएको छ । यो फण्ड वैशाख मसान्तसम्ममा भने रू. ३ करोड २५ लाख नाफामा थियो । यस फण्डले पनि सूचीकृत शेयरमा लगानी वैशाखको तुलनामा जेठमा बढाएको छ । फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५८ करोड ४६ लाख लगानी गरेकोमा जेठ मसान्तमा रू. ६८ करोड ३० लाख लगानी गरेको हो ।  कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी सुनौलो योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला