मुआब्जा माग्दै आइतबारदेखि सिर्सिया सुक्खा बन्दरगाहको मूल गेटमा धर्ना दिइरहेका स्थानीयले बिहीबार साँझ ३ बुँदे सहमति गरी संघर्षका कार्यक्रम फिर्ता लिएका छन् । मुआब्जा संघर्ष समिति र बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीबीच ३ बुँदे सहमति भएको हो ।