रेल विस्तारले गति लिने विश्वास बढ्दै

– गोपालप्रसाद बराल, महोत्तरी, १७ मङ्सिर। लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम […]

सम्बन्धित सामग्री

आर्थिक संकटका सामाजिक र शैक्षिक आयामहरू: संकट समाधानको व्यावहारिक पक्ष

वर्तमानमा आसन्न आर्थिक संकटका बारेमा सर्वत्र चिन्ता र चासो प्रकट हुन थालेको छ । नेपाल सरकार र निजीक्षेत्र दुवै पक्षले यस आसन्न आर्थिक संकटबाट जोगिने उपायहरूका बारेमा प्राज्ञिक र प्रशासनिक सक्रियताहरू देखाउन थालेका छन् । परामर्शदातृ निकाय र दातृनिकायहरूले आर्थिक संकट पार पाउनेबारेमा विभिन्न देशका अनुभवको समीक्षासहितका सुझावहरू प्रस्तुत गर्न थालेका छन् ।  परन्तु उपर्युक्त सक्रियताहरूमा केही गम्भीर प्रकृतिका कमजोरीहरू स्पष्ट रूपमा दृष्टिगोचर भएका छन् । उपर्युक्त सक्रियताको पहिलो कमजोरी भनेको आर्थिक संकट समाधानका केही शास्त्रीय मान्यता हुन् । ती मान्यता र ती मान्यताका प्राज्ञिक शब्दावलीहरूको आडम्बरयुक्त प्रयोग र पावरप्वाइन्ट प्रिजेन्टेशनका झिलीमिली तस्वीरहरूमा संकट समाधानका प्राज्ञिक र प्रशासनिक सक्रियताहरू केन्द्रित रहेका छन् । रुवान्डा मोडेलदेखि भुटान मोडल, भियतनाम मोडलदेखि स्वीटजरल्यान्ड मोडेललगायत विश्वका सफल मोडलहरूलाई कपीपेस्ट गरी त्यही मोडल नै नेपालका आर्थिक संकटको रामवाण हो भन्ने खालका निचोडहरू सुझावका रूपमा प्रस्तुत गर्ने यस्ता गतिविधि नेपालको दैनिकी नै बन्न पुगेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजीक्षेत्रको पहलमा आर्थिक संकट समाधानमा जुन सक्रियताहरू देखिएका छन् ती निश्चिय नै स्वागतयोग्य छन् । परन्तु ती सक्रियता पनि फगत कर्मकाण्डी चरित्रका हुने आशंका समानान्तर रूपमा प्रकट भइरहेका छन् ।  सारमा भन्नुपर्दा आर्थिक संकटका बहुआयाम हुन्छन् र तिनको समाधानका पनि देशगत परिस्थितिअनुसारका विभिन्न मोडेल हुने गर्छन् । तसर्थ आर्थिक संकट निम्त्याउने यस्ता तत्त्वको सूक्ष्म विश्लेषण र व्यावहारिक समाधानका आधारमा आर्थिक संकटहरूबाट उन्मुक्ति पाउने गरिन्छ । आर्थिक संकट निम्त्याउने गरी समाज, संस्था, सरकार, मान्यता र विश्वासहरूमा विद्यमान संरचनागत समस्याहरूको पहिचान गरी ती समस्या समाधान गरेर आर्थिक संकटको समाधान गर्न सकिन्छ । परन्तु नेपालको सन्दर्भमा चर्चा गर्दा वर्तमान आर्थिक संकटको पनि यथार्थपरक विश्लेषण हुन सकेको छैन ।  नेपालको आर्थिक संकटको पहिलो कारण समाजमा स्थापित भाष्य सबैभन्दा बढी जिम्मेवार रहेको छ । स्वदेशमा उद्यमी हुने होइन, विदेशमा जागीरे बन्ने ध्याउन्नमा सिंगो समाज लागिपरेको छ । नेपाल एकमात्र यस्तो देश हो, जहाँका लोकगीत, कथा र उपन्यासहरू यही विदेशमा जागीरे बन्ने विषयलाई अतिशयोक्तिपूर्ण तवरले समाजमा स्थापित गरिएको छ । ‘घसौली चमेलीको तेल, चढौली नौतुनाको रेल’ जस्ता सयौं गीतसंगीतले नेपाली संगीत क्षेत्र गुञ्जायमान रहेको हुन्छ । छोरी दिँदाको पहिलो प्राथमिकता जागीर हुने गरेको छ उद्यम होइन ।  सामाजिक जमघट र भेटघाटमा उद्यमीलाई दोस्रो दर्जा र जागीरेलाई पहिलो दर्जामा राख्ने गरिएको छ । यस्तो भाष्यमा यसरी जगडिएर बसेको समाजमा उद्यमशीलता भन्ने विषय सबैभन्दा न्यूनतम प्राथमिकताको विषय बन्न पुगेको छ । नेपाली समाजमा व्याप्त यस भाष्यमा अन्तरनिहित यो संरचनागत समस्या नेपालको आर्थिक क्षेत्रको विकासमा सबैभन्दा बढी गम्भीर समस्याका रूपमा रहेको छ ।  नेपालका शिक्षण संस्थामा सबैभन्दा कम चर्चा हुने विषय उद्यमशीलताका शीर्षकमा हो भने सबैभन्दा बढी चर्चा हुने विषय जागीर हो । नेपालका शिक्षण संस्थाका प्रगति विवरण र प्रचारप्रसारमा यो संस्थाबाट यत्ति जना डाक्टर इन्जिनीयर जन्मे भन्ने शीर्षकमा बडेमानका विज्ञापन देख्न पाइन्छ । परन्तु उक्त संस्थाहरूबाट कति जना उद्यमीहरू जन्मे भन्ने कतै कुनै नामोनिशान पाइँदैन । नेपालका शिक्षण संस्थाहरू केवल जागीरका लागि लाइनमा खडा हुने जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित भएका छन् ।  नेपालको चेतनास्तर, जनतामा विद्यमान सामाजिक मनोविज्ञान, नेपालको औद्योगिकीकरणको अवस्था तथा निजीक्षेत्रको धरातल आदि सबै पक्षलाई दृष्टिगत गरी उपयुक्त अवधारणामा हुने उद्यमशीलता विकासले सैद्धान्तिक ज्ञान प्रवाह हुने परन्तु उद्योग व्यवसाय स्थापना भने नहुने, उद्योगको क्षमता र उत्पादकत्व वृद्धि नहुने जस्ता समस्या आम रूपमा दोहोरिरहेका छन् ।  नेपाली शिक्षण संस्थाहरूमा प्रवाह हुने ज्ञान अति सैद्धान्तिक चरित्रका छन् जहाँ नेपालको भावी जनशक्ति विद्यमान रहेको हुन्छ । शिक्षण संस्थामा प्रवाह हुने सैद्धान्तिक ज्ञानसँग उक्त क्षेत्रमा विद्यमान सम्भावनाहरूलाई समेत उजागर गर्दै उनीहरूमा आआफ्ना क्षेत्रमा उद्यमशीलताको तृष्णा जगाउने गरी न त पाठ्यक्रमहरूको तर्जुमा गरिएको हुन्छ न त ती शिक्षण संस्थामा विद्यार्थीमा उद्यमशीलताको तृष्णा जागृत गर्ने गरी उद्यमशीलता विकास क्षेत्रसँग सम्बद्ध निकायहरूबाट अतिरिक्त क्रियाकलापहरूको नै व्यवस्था हुन सकेको छ । उद्यमशीलता समाजको सबैभन्दा महत्त्वपूर्ण आयाम हो ।  मुलुकको समग्र समृद्धिका लागि उद्योगको व्यापक सञ्जालको आवश्यकता हुन्छ । उद्योगको सञ्जालका लागि देशभित्र जनतामा व्यापक रूपमा उद्यमशीलताको संस्कार विकास हुन जरुरी हुन्छ । उद्यमशीलताको संस्कार यस क्षेत्रमा निरन्तरको शिक्षा, अभ्यास र मार्गदर्शनबाट प्राप्त हुन्छ । एउटा सफल उद्यमी सामान्यजनका लागि समेत उत्प्रेरणाको स्रोत बन्न जान्छ । यस्तो उत्प्रेरणाको प्रवाह र विस्तारले देशभर उद्यमशीलताको लहर सृजना गर्छ । यस्तो लहरले आर्थिक क्षेत्रमा विद्यमान आर्थिक गतिविधिहरूलाई थप नयाँ उचाइमा स्थापित गर्न भूमिका खेल्छ । आसन्न सम्भावनाको पहिचान गरी ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नसमेत भूमिका खेल्छ । यसरी स्थापित आर्थिक गतिविधिको स्तरोन्नति र विद्यमान सम्भावनाहरूको व्यवसायीकरण गरी औद्योगिकीकरण गर्न र हरेक सम्भावनालाई आर्थिक दृष्टिबाट उपयोग गर्न तथा स्थापितको क्षमता वृद्धि र सम्भावना बोकेका इच्छुक जनशक्तिमा उद्यमशीलता विकास गर्न यस क्षेत्रमा स्थापित हुन चाहिने योग्यता प्राप्तिमा व्यावहारिक ज्ञान प्रवाह अपरिहार्य हुन जान्छ । यस्तो व्यावहारिक ज्ञान संगठित, सर्वसुलभ र सर्वग्राह्य हुन पनि त्यत्तिकै जरुरी हुन्छ । उद्योग क्षेत्रमा संलग्न उद्यमी, व्यवस्थापक र प्राविधिक जनशक्ति यी तीनओटै पक्षलाई समग्र उद्योगतन्त्रको मियोका रूपमा विकसित हुन जरुरी हुन्छ । यिनै पक्षलाई दृष्टिगत गरी यस क्षेत्रमा संलग्न र हुन चाहने उपर्युक्त तीनओटा पक्षलाई ज्ञान, शिल्प, कला, कौशल र पद्धतिमा योग्य बनाउन आवश्यक छ ।  विश्वका अन्य मुलुकका समकक्षीभन्दा अब्बल बनाई देशको समग्र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न व्यवस्थित, नवीनतम शैलीयुक्त तालीम, उत्प्रेरणा र मार्गदर्शनको आवश्यकता पर्छ । मुुलुकमा उद्यमशीलताको संस्कृति प्रस्फुटित गर्न गुरुकुलहरूको आवश्यकतालाई दृष्टिगत गरी उद्यमको क्षमता अभिवृद्धि र नयाँ उद्यमशीलता विकासमा सरकारको विशेष प्राथमिकता रहेको हुन्छ । यही पक्षलाई दृष्टिगत गरी विभिन्न विभिन्न संस्थागत व्यवस्था गरेका हुन्छन् ।  उद्यमशीलता विकासमा तालीम, ज्ञान प्रवाह र औजारहरूका सैद्धान्तिक ज्ञानका बारेमा जानकारी दिने र परामर्श दिने क्षेत्रमा वर्तमान अवस्थामा उद्यमशीलता विकासको अवधारणाामा कार्यहरू सम्पन्न भइरहेका छन् । तर, नेपालको चेतनास्तर, जनतामा विद्यमान सामाजिक मनोविज्ञान, नेपालको औद्योगिकीकरणको अवस्था तथा निजीक्षेत्रको धरातल आदि सबै पक्षलाई दृष्टिगत उपर्युक्त अवधारणामा हुने उद्यमशीलता विकासले सैद्धान्तिक ज्ञान प्रवाह हुन्छ । तर, उद्योग व्यवसाय स्थापना भने नहुने, उद्योगको क्षमता र उत्पादकत्व वृद्धि नहुनेजस्ता समस्या आम रूपमा दोहोरिरहेका छन् ।  नेपालको सन्दर्भमा चाहिने मोडेल भनेको उद्यमशीलता विकास गर्न उद्योग सञ्चालनको प्याकेजसहितको मार्गदर्शन हो । कहाँ सम्भावना छ, सम्भावनालाई उपयोग गर्न केके गर्नुपर्छ, ती कार्य कसरी सम्पन्न गर्न सकिन्छ भन्नेबारेमा फ्लोचार्टसहितको धरातलमा आधारित व्यावहारिक दक्षता प्राप्त गराउनुपर्छ । परन्तु यो मोडलमा जाने गरी वस्तु र सेवा विशेषका प्याकेजहरू बन्न सकेका छैनन् ।  यसरी समाजमा आर्थिक प्रगतिका तीनओटा आयाम सामाजिक भाष्य, शिक्षण संस्था र उद्यमशीलता विकास यी तीनओटा पक्षमा विद्यमान संरचनागत समस्याको समाधान नगरी नेपाल आर्थिक रूपमा गतिशील मुलुकका रूपमा उदाउने सम्भावन न्यून छ ।  उपर्युक्त परिस्थितिमा नेपालले सर्वप्रथम कवि, गीतकार, साहित्यकार, कलाकार, समाजमा गण्यमान्य व्यक्तित्व आदिका माध्यमबाट जागीरे भाष्यबाट समाजलाई उद्यमशीलताको भाष्यमा रूपान्तरण गराउनु जरुरी छ । यसैगरी नेपाली शिक्षण संस्थाहरूलाई उद्यमशीलता विकासको केन्द्रका रूपमा माध्यमिक तहबाटै क्रियाशील बनाउन त्यसअनुरूप पाठ्यक्रममा परिवर्तन हुन पनि आवश्यक छ । मुलुकमा प्याकेजसहितको उद्यमशीलता विकास गर्ने गरी नेपाल सरकारबाट उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन हुन जरुरी छ ।  लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

सुरक्षित सडक विस्तार (सम्पादकीय)

नेपालमा पछिल्ला वर्ष सडक विस्तारले निकै तीव्रता पाएको छ । भौतिक विकासको मुख्य पूर्वाधार सडक निर्माणसँगै अन्य संरचनाको विकास सहज हुने भएकाले यो मानव जीवनको पहिलो आवश्यकता बनेको छ । सरकारले पन्ध्रौँ योजना (२०७६÷७७–२०८०÷८१) मा सडक, हवाई, रेल तथा जल यातायातलाई उच्च प्राथमिकता दिएको छ । यस निम्ति सडक र पुलको विस्तार तथा स्तरोन्नतिलाई विशेष अभियान नै बनाइएको छ । विद्युत्, सडक, रेल, जलमार्गजस्ता भौतिक क्षेत्रमा स्रोत वृद्धि गर्ने, सडक केनेक्टिभिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने सोच सरकारले लिएको छ । योजना अवधिभर ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच भएका परिवार ७८.९ बाट ९५ प्रतिशत पु¥याइनेछ । समग्रमा सडक, हवाई, रेलमार्ग, जलमार्गको विस्तारलाई उच्च प्राथमिकता दिँदै यी क्षेत्रमा हाल प्राप्त उपलब्धिको सूचकाङ्क दोब्बर गर्ने नीति सरकारको छ । सरकारले सडक विस्तार मात्र नभएर पक्की सडक निर्माणमा पनि विशेष ध्यान दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवम् स्थानीय सडक तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै अब बन्ने सबै सडक पक्की र सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।