झापा : भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै जग्गाधनीहरू संघर्षमा उत्रिएका छन्।जग्गा धनीहरूले मंगलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्। भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला खोलेको थियो। भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए।सरकारले जग्गा अधिग्रहण गरी समयमा मुआब्जा नदिँदा मारमा परेको पीडित जग्गा धनीहरूको भनाई छ। ‘भ