सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ अर्चलेका दुर्गाबहादुर चर्मकारको खेतमा मुआब्जा नै नदिइ अरुण तेस्रो ४०० केभी हाइटेन्सन लाइनको टावर राख्ने जग्गा खन्न थालेपछि स्थानीयले कामदारलाई शुक्रवार (आज) लखेटेका छन् ।बिहीवार (हिजो) देखि चर्मकारको जग्गामा टावर राख्नका लागि एक्स्काभेटर लगाएर खाल्डो खन्न थालेपछि सबै अचम्ममा परे । स्थानीय जग्गाधनी चर्मकारलाई ललाइफकाइ अरुण तेस्रोका कर्मचारीले टावरका लागि खाल्डो खन्नका लागि लगाएको बालीनालीसमेत काट्न लगाएका थिए । अरुण तेस्रो हाइटेन्सन लाइनको टावर राख्ने खाल्डो खन्न थालेको ...