काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघ महीनाको तुलनामा फागुन महीनामा बढेको छ ।
माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १३ लाख ६५ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. २६ लाख ६८ हजार पुगेको हो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । माघ मसान्तमा फण्डको जम्मा खर्च रू. १ करोड १५ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३२ लाख पुगेको छ ।
त्यस्तै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा घटेर ८ रुपैयाँ ८९ पैसामा झरेको हो ।
माघ महीनाको तुलनामा फण्ड फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ८८ करोड ९४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ५७ लाख पुर्याएको हो ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्