काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी फागुन मसान्तको तुलनामा चैत मसान्तमा केही घटेको छ । कम्पनीले फागुन मसान्तसम्ममा रू. ४ करोड ९० लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ४ करोड १४ लाखमा झरेको हो ।
फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ८ रुपैया २५ पैसा रहेकोमा चैत मसान्तमा बढेर ८ रुपैया ३१ पैसा पुगेको हो । त्यस्तै यस फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८६ करोड १६ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्ममा रू. ८३ करोड ८६ लाख थियो । फण्डले चैत मसान्तसम्ममा ऋणपत्रमा रू. २१ लाख ९९ हजार लगानी गरेको छ । सो अवधिमा मुद्धति निक्षेपमा रू. १० करोड लगानी गरेको हो ।
सूचना हर्न यहाँ क्लिक गर्नुहोस