काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तमा फण्डको न्याभ रू. ७ दशलमव ९१ रहेकोमा पुस मसान्तमा बढेर रू. ८ दशमलव ६७ पुगेको हो ।
फण्डको न्याभ सँगै नाफामा पनि सुधार आएको छ । फण्डले मंसिर मसान्तसम्ममा रू. ९ करोड ८ लाख नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ३३ लाख ३५ हजार नाफामा गएको हो ।
पुस महीनामा फण्डले रू. १ करोड २८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा सुधार आएको हो । यस फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९१ करोड ९४ लाख लगानी गरेको छ । यो लगानी मंसिर मसान्तसम्ममा रू. ८३ करोड ६२ लाख थियो ।