जेठ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
प्रभु बैंकको संस्थापक शेयर, मेगा म्युचुअल फण्ड १, बलेफी हाइड्रोपावर, माछापुच्छ्रे बैंक, नबिल ब्यालेन्स फण्ड २ को धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयरमा ८ लाख ८० हजार ३७५ कित्ता खरीद माग रहेको छ ।
त्यसैगरी मेगा म्युचुअल फण्ड १ को १ लाख ३५ हजार इकाई, बलेफी हाइड्रोपावरको १ लाख २९ हजार ६५७ कित्ता, माछापुच्छ्रे बैंकको १ लाख ६ हजार १९ कित्ता र नबिल ब्यालेन्स फण्ड २ को १ लाख ४ हजार ८३३ इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २० दशमलव ४७ अंक घटेर २ हजार २१९ दशमलव १३ विन्दुमा झरेको छ भने कुल रू. ९३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।