काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ ।
कात्तिक मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ३० पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ८ रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । कात्तिक मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ७४ करोड १५ लाख रहेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८० करोड १० लाख पुर्याइएको छ ।
मङ्सिर मसान्तमा फण्ड रू. २ करोड ३२ लाख नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ७ करोड ५८ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानीको कात्तिकको तुलनामा मङ्सिरमा केही घटेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नहाेस्