मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट

भदौ २४, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट गरेको छ ।  क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा २५ प्रतिशत इकार्य थप गरी बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा १ करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।  बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो ।  क्यापिटलले १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि रू. १ अर्ब २५ करोड बराबरको इकाई विक्री गरेको हो ।   

सम्बन्धित सामग्री

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँट

मेगा बैक नेपालले प्रवद्र्घन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को प्रति इकाइमूल्य दस रुपैयाँ दरको दस करोड इकाई मध्ये न्यूनतम एक करोड ५० लाख)वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशनमा […]