जेठ १६, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड- १ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी बढेको छ। चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ४५ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ८३ करोड ५८ लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी भने चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।
चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ४७ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ४३ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्ड रू. ६ करोड ८९ लाख नोक्सानीमा रहेको छ ।
चैत मसान्तसम्ममा पनि फण्ड रू. ६ करोड ६१ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैतको तुलनामा वैशाख महीनामा बढेको छ । वैशाख महीनामा फण्डको जम्मा आम्दानी रू. ४ करोड ७८ लाख ऋणात्मक रहेकाले पनि नोक्सानी बढेको हो ।