नेपाल र भारतबाट टर्की जाने यात्रीले यात्राभन्दा ७२ घण्टा अघि आरटी–पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गनुपर्ने दिशानिर्देश जारी गरेको छ ।भारतस्थित टर्कीको दूतावासले ट्वीट गरेर विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त कोरोना भ्याक्सिनको अन्तिम डोज लगाएको १४ दिन कटेका व्यक्तिहरुलाई क्वारेन्टिनमा नराखिने पनि जानकारी दिइएको छ ।जो यात्रीले यी सर्टिफिकेट पेश गर्न सक्दैनन् भने उनीहरु कम्तीमा पाँचदिनसम्म क्वारेन्टिनमा रहनुपर्नेछ । पाँचौँ दिनमा आरटी–पिसिआर परीक्षण यदि नेगेटिभ आएको खण्ड
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले अब प्रतिस्पर्धा सकिएको प्रतिक्रिया दिएका छन् ।
मध्यरातमा एक ट्वीट गर्दै उनले अब प्रतिस्पर्धा सकिएको बताएका हुन् ।
मत परिणाम पछि हार्दिक एकता हुने समेत उनले बताएका छन् ।
उनले लेखेका छन्, 'अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता ।'
अब सकियो प्रतिस्पर्धा l
परिणामपछि हार्दिक एकता l
जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprak...
काँग्रेस प्रवक्ता समेत रहेका १४ औं महाधिवेशनमा महामन्त्री पदका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अब पार्टीभित्रको प्रतिस्पर्धा सकिएको बताएका छन् । चुनाव सकिएसँगै पार्टीभित्र हार्दिक एकता जरुरी रहेको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
मंगलबार मध्यरातमा उनले गरेको ट्वीटमा भनिएको छ, ‘अब सकियो प्रतिस्पर्धा, परिणामपछि हार्दिक एकता । जय नेपाल !’
महामन्त्रीमा विश्वप्रकाश प्रकाशमान सिंहको टीमबाट प्रतिस्पर्धामा उत्रिएका थिए । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।
काठमाण्डाै – अमेरिकी सरकारले नेपाललाई एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भाेलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ ।
U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021
अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् ।
फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ ।
यसअघि अमेरिक...
काठमाण्डाै – नेपाल र पपुवा न्युगिनीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सरेकाे छ । क्यानले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे ।
नयाँ तालिकाअनुसार नेपाल र पीएनजीबीचकाे पहिलाे खेल आउँदाे भदाै २२ गते, दाेस्राे खेल भदाै २५ गते हुने भएकाे छ । खेलकाे मिति सारिएकाे बारेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही बताएकाे छैन ।
यसअघि यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुने तय भएकाे थियाे । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्रशिक्षण गरिरहेकाे छ ।
CAN (@CricketNep) Septe...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’