नेपाल र पीएनजीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सर्‍याे

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सरेकाे छ । क्यानले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे ।  नयाँ तालिकाअनुसार नेपाल र पीएनजीबीचकाे पहिलाे खेल आउँदाे भदाै २२ गते, दाेस्राे खेल भदाै २५ गते हुने भएकाे छ । खेलकाे मिति सारिएकाे बारेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही बताएकाे छैन ।  यसअघि यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुने तय भएकाे थियाे । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्रशिक्षण गरिरहेकाे छ ।    CAN (@CricketNep) Septe...

सम्बन्धित सामग्री

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने नेपाल तेस्रो मुलुक

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ।

एकदिवसीय वरीयतामा नेपाल यथावत्

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बिहीवार सार्वजनिक गरेकाे एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेकाे छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९ औँ स्थानमा यथावत् रहेकाे हाे । अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलाे स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेस्ट इन्डिज...

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसी...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  ।नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।क्यानडाको भ्रमणपछि नेपालले

नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  क्यानडाको भ्रमणप

एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल

हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको नेपाल यसअघि १६ औं स्थान रहेको थियो ।

नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ। यसअघि नेपालले…