साउन २३ र २४ गते जापानबाट एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्ने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका छन्।

सम्बन्धित सामग्री

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]

बेलायतबाट ८ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौं । बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा […]

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

२४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार […]

थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौं : बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो।यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले जनाएको छ। उक्त खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको बताइएको छ।

चीन र बेलायतबाट ६१ लाख डोज काेराेनाविरुद्धकाे खाेप आउदै

काठमाडौं : बेलायत र चीनबाट ६१ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान स्वरुप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग , व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार जनवरीभित्रै उक्त खोप नेपालमा आउन लागेको हाे। चीनले ४० लाख डोज साइनोभ्याक र बेलायतले २१ लाख डोज एस्ट्राजेनेका खोप अनुदानस्वरुप दिन लागेको हो। बेलायतले दिने एस्ट्राजेनेका खोप नेपालमा प्रयोगमा आइसकेको भएपनि चीनले दिन लागेको साइनोभ्याक खोप नेपालमा पहिलो पटक आउन लागेको खोप हो।स्वा

माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप बेलुकी आइपुग्ने

काठमाडौं : नेपाललाई माल्दिभ्स सरकारले उपहार स्वरूप उपलब्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज एस्ट्राजेनेका खोप आज बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ।यसअघि दिउँसो एक बजे आउने बताइए पनि खोप आउने समय तालिका बेलुकी आठ बजे पुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। कतार एयरको नियमित उडानबाट बेलुकी आइपुग्न लागेको हो।उनले माल्दिभ्सले यो खोप उपहार स्वरूप पठाउन लागेको स्पष्ट पारे। यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप नेपालले उपहारस्वरूप प्राप्त गरेको छ ।

सोमबार काठमाडौंमा ३९ हजार ३१९ जनाले एस्ट्राजेनेका खोप लगाए

सोमबार काठमाडौं जिल्लामा ३९ हजार भन्दा बढीले कोभिसिल्डको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाएका छन्।

आइपुग्यो जापान सरकारले दिएको एस्ट्राजेनेका खोप

जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भ

१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा

काठमाडौं, (नेस) ।  जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा […]

प्रधानमन्त्रीद्वारा एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतसँग आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एस्ट्राजेनेका खोप उपलब्ध गाराउन बेलायतसँग आग्रह गरेका छन्।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग बिहीबार भेटवार्ता गर्दै ओलीले सो आग्रह गरेका हुन्।सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ।ओलीले अहिलेसम्मको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।