सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा जनसभा गर्दैछ ।
सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ ।
सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको भनाइ छ ।
कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष के...