संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा। सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।बतास समूहलाई रेस्टुरे