‘नारायणहिटी र सिंहदरबार चाहियो, म मिलाई दिन्छु’

‘के तपाईंलाई नारायणहिटी वा सिंहदरबार चाहियो ? चिन्ता नगर्नोस्, म मिलाईदिन्छु’ सजिलै भन्छन् शंकर पाण्डे । कतिपयले त घरजग्गा कारोबारी भएको अनुमान गर्नुभयो होला । तर यो अनुमान गलत हो । किनभने उनी नेपाली फिल्मका प्रोडक्सन म्यानेजर हुन् । नारायणहिटी र सिंहदरबार कारोबारका लागि नभएर फिल्म छायाङ्कनका लागि मिलाइ दिने उनको कुरो हो । ‘कथाले नारायणहिटी र सिंहदरबार माग्नुपर्छ । म मिलाउन सक्छु । त्यसका लागि समय र खर्च लाग्छ,’ पाण्डेले भने ‘कथामा छैन भने मिल्दैन ।’ 

सम्बन्धित सामग्री

काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?

काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय यात्रु तथा सर्वसाधारणसमेत मारमा परेका छन् । बिहीबार साँझपख परेको पानीका कारण अनामनगरका केही क्षेत्र डुबानमा परेका छन् ।माइतीघर, सिंहदरबार, पुतलीसडक, कपनलगायतका क्षेत्र जलमग्न भएका छन् । ती क्षेत्रमा वर्षाको पानी जम्दा सवारीसाधन आवतजावतमा समेत प्रभाव परेको छ । बुधबार पनि काठमाडौं उपत्यकामा वर्षा भएको थियो । वर्षाका कारण नारायणहिटी

नियो–क्लासिकल घर निर्माणको योजना बनाउँदै हुनुहुन्छ ?

काठमाडौं । कुनै समय काठका घरबाट पत्थरका घर र पत्थरका घरबाट आधुनिक पक्की घर बनाउने होडबाजी नै चलेको थियो । त्यही होडबाजीअनुरूप पुराना डिजाइन क्रमशः नासिँदै गए र नयाँ डिजाइनका घरले अधिपत्य जनाए । तर, पछिल्लो समय भने घर निर्माण गर्दा नयाँ प्रयोगका रूपमा पुरानो डिजाइनलाई त्यत्तिकै महत्व दिइएको पाइन्छ । यसरी गरिने पुरानो डिजाइनलाई नियोक्लासिकल डिजाइन भनिन्छ । विशेषगरी राणा र शाहकालीन दरबार यस डिजाइनअन्तर्गत पर्छन् । १८ औं र १९ औं शताब्दीमा युरोपमा यस्तो डिजाइनका केही दरबार बनेकामा चाँडै यसले विश्वभर आफ्नो प्रभुत्व जमाएको थियो । राणा र शाहकालमा बनेका दरबार यही डिजाइन पछ्याएर बनाइएको हो । अहिलेको सिंहदरबार, नारायणहिटी संग्रहालयलगायत दरबार र अन्नपूर्ण, याक एन्ड यती, सोल्टीलगायतका होटलको डिजाइन पनि यसैअन्तर्गत निर्माण गरिएको छ । यद्यपि, निजी आवासका लागि यस्तो डिजाइनको प्रयोग हुन थालेको भने खासै लामो समय भएको छैन । तपाईं पनि यस्ता डिजाइनको घर निर्माण गर्दै हुनुहुन्छ भने केही विषयमा जानकार हुनैपर्छ । सर्वप्रथम त सामान्य डिजाइनभन्दा यसको डिजाइन महँगो पर्छ । यसैगरी यस्तो घर सानो जग्गामा बनाएर हुँदैन । घर बनाउन कम्तीमा १० आना जमिन आवश्यक पर्दछ । घर बनाइसकेपछि अगाडि बगैंचा बनाउन पनि त्यत्तिकै आवश्यक हुन्छ । बगैंचाले घरको सौन्दर्य थप्छ । त्यस कारण यस्ता संरचनाका लागि फराकिलो ठाउँ अनिवार्य हुन्छ । अर्को ध्यान दिनुपर्ने काठमाडौंलगायतका सहरमा यस्तो घर बनाउन मुस्किल हुन्छ । घर बनिसकेपछि पनि धुलो, धुवाँ र वरिपरिको वातावरणले त्यसलाई प्रभाव पार्छ ।  त्यसैले यस्ता सहरमा घर बनाउँदा फराकिलो स्थानको छनोट गर्न आवश्यक छ । नियो–क्लासिकल डिजाइन अलिकति भिन्न हुन्छ र यो सदाबहार पनि हो । यो हेर्दा आकर्षक देखिन्छ भने विलासिताको अनुभूति दिन्छ । यस्तो घर निर्माण गर्दा जग्गाको छनोटपछि सबैभन्दा बढी ध्यान दिनुपर्ने डिजाइनमै हो । त्यस कारण तपाईंले निर्माण गर्न चाहेअनुसार डिजाइन इन्जिनियरलाई बताउनुहोस् । डिजाइनको काम सकिएपछि ठेकेदार छनोटमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । भिन्टेज डिजाइनको राम्रो ज्ञान भएको व्यक्तिलाई ठेकेदारका रूपमा छनोट गर्न आवश्यक हुन्छ । डिजाइनको काम सकिएपछि तपाईंले निर्माणका क्रममा खासै बढी समय दिनुपर्दैन । तर, डिजाइनकर्तासँग छलफल गरेर तिनको सुझावअनुसार घरलाई आवश्यक सामग्री जुटाउने काम गर्नुहोस् । भर्‍याङ, फ्रेमवर्क, आर्किटेक्चर र स्ट्रक्चर डिजाइन, पाइप फिटिङ गर्दा आधुनिक सामानलाई पुरानो डिजाइनअनुरूप बुट्टा भर्न लगाउनुहोस् । यसैगरी बत्ती, कार्पेट, फर्निचर, पर्दा, टेबल, कुर्सी, दराज, पर्दा, ऐनालगायत सामग्री छान्दा पुराना दिन सम्झाउने गरी छनोट गरेर तिनलाई व्यवस्थापन गर्दा कहाँ राख्दा बढी आकर्षक देखिन्छ भन्ने बुझाइ फराकिलो हुन सक्छ । यस्ता सामग्री सकभर अधिकांश काठका छनोट गर्नुहोस् र तिनमा बुट्टा, डिजाइन पनि त्यसैअनुरूप गर्नुहोस् । यसपछि तपाईंको घर तयार हुन्छ । घरमा रंग लगाउँदा सकभर सेतो नै छनोट गर्दा उत्तम हुन्छ । ध्यान दिनुहोस्, घरको सजावट गर्दा अनावश्यक र नयाँ आधुनिक देखिने सामग्री भने नथुपार्नुहोस् । निर्माण भइसकेपछि अत्यावश्यक कुरा भनेको बेलाबेला गर्नुपर्ने मर्मतसम्भार नै हो । मर्मतसम्भार गरिएन भने घरको डिजाइन बिग्रिएर नियो–क्लासिकल सौन्दर्य दिन छाड्छ र पूरा लगानी जोखिममा पर्न सक्छ । (इन्जिनियर निर्पेश तन्डुकारसँगको कुराकानीमा आधारित)

'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नारायणहिटी दरबारअगाडिबाट दिएको चुनौतीको जवाफ प्रचण्डले बुधवार भृकुटीमण्डपबाट दिएका छन् । आजको विरोध सभामा ५ लाख उपस्थिति रहेको दाबी गर्दै प्रचण्डले भने– '​केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?' उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए । 'हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन् । जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयो...

तपाईंले कमाएको आम्दानी केमा सदुपयोग गरिरहनुभएको छ ?

नारायणहिटी किनियो, सिंहदरबार बैना गरेको छु । आफ्नो एउटा हवाईजहाज कम्पनी छ । पानीजहाज र रेलकम्पनी पनि खोल्दैछु । अब तयार भएर टुँडिखेलमा स्थापित कृषि फार्मको उद्घाटनमा जान्छु भन्दैथें, मर्न नसकेको काले भुकेर ब्युँझिएँ नि ।