हेटौँडा : प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।
डेंगु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन्।
हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिशय्या दुई