हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। अधिकांश डेंगु सङ्क्रमितमा प्लेटेलेट्सको सङ्ख्यामा देखिने उल्लेखनीय कमी पनि देखिँदैन। व्यापक देखिएको डेंगु फैलाउने एडीस जातको लामखुट्टेले चिकुनगुनिया भाइरस पनि फैलाउने गर्दछ । सन् २०१३ मा नेपालमा पहिलो पटक लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो र तत् पश्चात् परीक्षणले निरन्तरता पाउँदासम्म पुष्