पुस ४, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले उक्त हकपप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । स्वीकृति पाएसँगै कम्पनीले रू. १०० अंकित दरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ लाख रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ३८ करोड ६९ लाख ७७ लाख पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ७९ लाख २८ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ९ दशमलव ५६ प्रतिशत घटेको हो ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ९८ लाख २४ हजार नाफा कमाएको थियो । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा विद्युत विक्री बापत रू. १ करोड ८४ लाख ६८ हजार आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ९ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले विद्युत् विक्री गरेर रू. १ करोड ६८ लाख आम्दानी गरेको थियो ।
त्यसैगरी, चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव २७, मूल्य आम्दानी अनुपात ४५ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव शून्य २ रहेको छ ।